शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय सेना प्रमुख नरवणे सोल्टी होटलमा बस्ने, पशुपति दर्शन गर्ने

यस्तो छ नेपाल भ्रमणको कार्यतालिका
बुधबार, १९ कात्तिक २०७७, ०९ : ५०
बुधबार, १९ कात्तिक २०७७

भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल भ्रमणमा आउँदै छन् । मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत उनी काठमाडौं आउने छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्य टोलीसहित उनी नेपाल आउन लागेका हुन् । भ्रमण टोलीमा पत्नी विणा पनि छिन् ।

तीन दिनको औपचारीक भ्रमणमा नरवणे कालिमाटी स्थित सोल्टी होटलमा बस्ने भएका छन् । बुधवार नै उनी पत्नीसहित पशुपति दर्शनका लागी जाँदैछन् । साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । डिनर कार्यक्रम कहाँ हुने भन्नेबारे नेपाली सेनाले सार्वजनिक गरेको छैन ।

नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न आउन लागेका नरवणे बिहीबार र शुक्रवार औपचारीक कार्यक्रममा सहभागी हुन्छन् ।

‘आज औपचारीक कार्यक्रम छैन’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोषबल्लभ पौडेलले भने, ‘बिहीबार विहान सैनिक मञ्च र जंगी अड्डामा हुने औपचारीक कार्यक्रममा उहाँ सरिक हुनुहुन्छ ।’

बिहिबार विहान जंगीअड्डामा आयोजित समारोहमा नेपाली सेनाका लागी नरवणेले एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ । जंगी अड्डामा सम्मान गारत निरिक्षण, प्रधान सेनापतीसँग औपचारीक छलफल र जेष्ठ रथीहरुसँग अन्तक्रियाको कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्नेछिन् । त्यसपछि साइडलाईनमा राष्ट्रपति र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेट हुनेछ । साँझ नेपाली सेनाले जंगी अड्डामा आयोजना गरेको रात्रिभोजमा उनी सहभागी हुनेछन् । रात्रिभोजमा भारतीय डेलिगेशन टोली र नेपाली सेनाका सिनियर अधिकृत सहभागी हुने बताइएको छ ।

शुक्रवार बिहान उनी शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेज जानेछन् भने सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनी स्वदेश फर्कनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप