भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बुमा, राष्ट्रपति चढ्ने हेलिकोप्टरमा माउन्टेन फ्लाईट
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे सोलुखुम्बु पुगेका छन् । आफ्नो तीन दिने नेपाल भ्रमणको क्रममा उनी सोलुखुम्बु गएका हुन् ।
शुक्रवार विहान उनले माउन्टेन फ्लाईट गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका लागी खरिद गरिएको हेलिकप्टरमा उनले माउन्टेन फ्लाईट गरेका हुन् । माउन्टेन फलाईटपछि उनी खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारिक कार्यक्रम तय गरिएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा छ । त्यहाँ ब्रेकफास्ट गरेर उनी काठमाडौं फर्कने छन् ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र नरवणेबीच शिष्टाचार भेटवार्ता हुँदैछ । त्यसपछि शिवपुरी स्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागीता पछि उनी स्वदेश फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण