प्रधानमन्त्री ओली र भारतीय सेनाअध्यक्ष नरवणेबीच बालुवाटारमा भेटवार्ता
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा अोलीबीच भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ । दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।
बुधवार नेपाल आएका नरवणे वसन्तपुर र पशुपति मन्दिर घुमघामका साथै राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट मनार्थ ग्रहण गरे । नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् । मनार्थ ग्रहणपछि राष्ट्रपति भण्डारीसँगको भेटघाटमा दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त भएको थियो ।
नेपाली सेना प्रमुख थापासँगको बीचमा पनि दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त गरिएको थियो । स्रोतका अनुसार नेपाली सेना प्रमुख थापाले दुई देशबीचमा देखिएको पछिल्लो विवादलाई कसरी समाधान गर्ने त्यसका लागि दुई देशका सेनाले के कसरी भूमिका खेल्न सकिन्छ त्यसको बारेमा छलफललाई अगाडि बढाउन प्रस्ताव गरेका थिए ।
नरवरणले आजै नेपाली सेनाको हेलिकप्टर चढेर सोलुखुम्बु पुगेर सगरमाथाको अवलोकन गरेका थिए ।
नरवणे आज पाँच बजे आफ्नो विशेष विमानबाट भारत फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण