ओली र नरवणे भेटवार्ताः वार्तामार्फत समस्या समाधान गर्न प्रधानमन्त्रीको आग्रह
शुक्रबार, २१ कात्तिक २०७७, १४ : ५६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच देखिएको समस्यालाई संवादमार्फत समाधान गर्न आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका भारतीय सेनाअध्यक्ष मनोज मुकन्द नरवणेसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदियौंं पुरानो विशिष्ठ सम्बन्ध रहेको धारणा राखेको प्रधानमन्त्रीका नीजि सचिवालय सदस्य रामशरण बजगाँईले बताए । दुई देशका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण