शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डार्विनले ल्याए ‘हवाई अड्डा’

आइतबार, २३ कात्तिक २०७७, ११ : २५
आइतबार, २३ कात्तिक २०७७

काठमाडौं – गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वर रहेको गीत ‘हवाई अड्डा’ म्युजिक भिडियो सहित  सार्वजनिक भएको छ ।

गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जाँदा एयरपोर्टमा मान्छेहरु भेट्ने र छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन् । गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ । 

गीतको भिडियोमा भने प्रेममा सफल हुन नसकेका प्रेम संघर्ष देखाइएको छ ।
सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको मुख्य अभिनय रहेको भिडियोमा छिरिङ शेर्पा, सुवास तिमल्सिना, पवन गुरुङ, संगोक तामाङलगायत कलाकारको अभिनय देख्न सकिन्छ । 

विजय ताम्राकारको छायांकन र सम्पादन रहेको भिडियोमा सुरज तमुले निर्देशन गरेका हुन् । 

भिडियो:

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप