तिहारले छपक्कै छोप्यो, बजारमा किनमेल गर्नेको भीड बढ्यो (फोटोफिचर)
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार बिहीबारदेखि सुरु हुँदैछ । जसअनुसार बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस्तै शुक्रबार कागतिहार सुरु भएको छ ।
तिहारले छपक्कै छोपेसँगै बजारमा चहलपहल बाक्लिएको छ । कोरोना महामारीका बीच पनि राजधानीका असन इन्द्रचोकलगायतका क्षेत्रमा तिहारको भाइमसला, टीका, माला, फलफूललगायतका विभिन्न सरसामान किन्नेहरुको भीड देखिन्छ ।
यसरी सामान किन्न पुग्नेहरुले संक्रमणबाट जोगिनका लागि सामाजिक दुरी कायम गरेको पनि पाइँदैन । यसवर्षको भाइटीका मंसिर १ गते परेको छ भने लक्ष्मी पुजा २९ गते परेको छ । तिहारको भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकाका साथ सगुन, मालाका साथै उपहार दिने गर्छन् । यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने प्रचलन रहेको छ ।
मङ्सिर १ भाइटीकाको साइन बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने समितिका अध्यक्ष डा रामचन्द्र गौतमले बताए ।
भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण