केन्द्रीय संस्करण
विज्ञान खोज

प्रदूषणमुक्त छैन सगरमाथा, हिउँका हरेक नमुनामा भेटियो माइक्रो प्लास्टिक

person explore access_timeमंसिर ७, २०७७ chat_bubble_outline0

मानव निर्मित प्लास्टिकका कणहरु पानी, हावा, माटो र दुुर्गम हिमाली क्षेत्रका हिउँमा समेत भेटिन थालेको छ । पहिले, फ्रेन्च पाइनेरिसमा, त्यसपछि उत्तरी अमेरिकाको रकी माउन्टेन्समा र अहिले संसारकै सर्वोच्च शिखर सगरमाथा रहेको नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा समेत माइक्रो प्लास्टिक भेटिन थालेको हो । 

‘मलाई थाहा छैन हामीले नतिजाका रुपमा के अपेक्षा गर्नसक्छौं । तर, मैले अध्ययन गरेका हरेक हिउँका ढिक्कामा माइक्रोप्लास्टिक भेट्दा साँच्चै अचम्मित भएँ,’ प्लाइमाउथ विश्वविद्यालयका प्लास्टिक डिटेक्टिभ इमोगेन न्यापरले भने, ‘सगरमाथा यस्तो ठाउँ हो जसलाई मैले सधैं दुुर्गम र सफा क्षेत्र मान्दै आएको छ । हामीले विश्वको उच्च हिमाल नजिकै प्रदूूषण निम्त्याइरहेका छौं भन्ने जान्दा साँच्चै आँखा खुल्छ ।’

जमिन र पानीमा समेत विस्तारित रुपमा प्लास्टिकको कण फैलिरहेको बुुझ्दा यो अचम्म मान्नुपर्ने कुरा होइन, यद्यपी यो स्तब्ध बनाउने खालको भने हो । महासागरहरुमा प्लास्टिक प्रदूषणलाई लिएर ठूलो मात्रामा ध्यान केन्द्रीत गरिएका बेला  पछिल्ला अनुमानहरुले जमिन र स्वच्छ पानीका मुहानमा पनि सिन्थेथिक माइक्रोफाइबर बढेको देखाउँछ, ठूलो रुपमा हाम्रो कपडाका कारण यस्तो भएको छ । 

र, सगरमाथा प्लास्टिकमुक्त छैन । सन् २०१९ मा संकलित हिउँको हरेक नमूनालाई ल्याबमा परीक्षण गर्दा हरेकमा प्लास्टिकका कण भेटिएको छ, हिमाल नजिकैका पानीका मुहानहरुबाट संकलन गरिएका नमूनाभन्दा यसमा धेरै कण देखिएको छ । मुहानको पानी तिव्र गतिमा तल झर्ने र हिउँ निरन्तर पग्लने भएकाले यहाँ तुलनात्मक रुपमा कम कण भेटिएको हुनसक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ । 

विशेषगरी, सगरमाथाको आधार शिविर प्रदुषित देखिएको छ । यहाँ धेरैजसो आरोहीहरुले समय बिताउँछन् । कहिलेकाँही महिना र त्योभन्दा पनि लामो समय बिताउँछन् । र, जो फोहरलाई लिएर सजग छन्, उनीहरुले समेत अन्जावस् समस्या सिर्जनामा भूमिका खेलिरहेका हुनसक्छन् । 

अध्ययनका लागि संकलन गरिएका मसिना प्लास्टिकका टुक्राहरु ५ मिलिमिटरभन्दा साना थिए, र मुख्यतया पोलिस्टर र अक्रिलिक फाइब्रेसबाट बनेका थिए, केही नाइलन पनि थियो । यी वस्तु टेन्ट, डोरी र झन्डालगायत बनाउन प्रयोग हुने पोलिमरहरु हुन् । ‘यी प्लास्टिकका कणहरु त्यहाँ विद्यमान माइक्रोप्लास्टिकका डर्बीहरुभन्दा पनि आरोहीहरुका कपडा र उनीहरुले प्रयोग गर्ने उपकरणका कारण उत्पन्न भएको उच्च शंका छ,’ अध्ययनकर्ताले लेखेका छन् । 

दशकौंदेखि हिमाल आरोहीहरुको संख्या बढिरहेको छ, उनीहरुले प्रयोग गरेपछि फाल्ने गरेका सामाग्रीहका कारण सगरमाथा प्रदुषित हुँदै आएको छ । गत वर्ष नेपाली सेनाले झन्डै १० हजार किलोग्राम फोहोर सफा गर्नेगरी राष्ट्रिय निकु    ञ्जमा अभियान चलाएको थियो, यद्यपी सबै प्लास्टिक सहजै संकलन गर्न सकिएन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.