मास्क, सेनिटाइजर र फेससिल्ड : यसरी सञ्चालन हुँदैछ कक्षा १२ को परीक्षा, तस्बिरमा हेर्नुहोस्
कृष्ण खड्का/सुवास श्रेष्ठ
कोरोनाभाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा पनि कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा शुरु भएको छ । जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै परीक्षा सञ्चालन गरिएको हो ।

कक्षा १२ को परीक्षा गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने थियो । तर महामारीका कारण स्थगित भएको परीक्षा अहिले सञ्चालन गरिएको हो । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गर्न लागेको पौडेलले बताउँछन्। उनले परीक्षा सञ्चालन गर्दा नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सञ्चालन गर्न स्थानीय तह, परीक्षा समन्वय समिति तथा सबै केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिसकेको जनाए।
जोखिमकै कारण बोर्डले कक्षा १२ को लिखित परीक्षा ४० प्रतिशत मात्र सञ्चालन गर्दै छ। समय बढीमा डेढ घण्टा मात्र कायम गरिएको बोर्डले जनाएको छ। ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थीका लागि ४ हजार १ सय ५ परीक्षा केन्द्र तोकिएको छ।
































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण