शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब जयाले रेखालाई अमिताभसँगको सम्बन्ध अन्त्य गर्न सुझाव दिइन्...

बिहीबार, ११ मङ्सिर २०७७, १० : ४३
बिहीबार, ११ मङ्सिर २०७७

एजेन्सी – बलिउड अभिनेत्री रेखा र महानायक अमिताभ बच्चनको प्रेम कहानी अधुरै रह्यो । उनीहरुको प्रेमसम्बन्धका किस्साहरु भने अझै चर्चामा आउने गर्छन् । सन् १९७६ मा आएको फिल्म ‘दो अनजाने’ को सेटबाट सुरु भएको अमिताभ र रेखाको प्रेमकथाले त्यससमयदेखि आजसम्म नै ठूलो स्थान पाउने गरेको छ । 

रेखाले आफ्नो सम्बन्धको बारेमा खुलेर कुराकानी गर्ने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । ८० को दशकमा मिडियामा रेखाले दिएको अन्तरवार्तामा रेखाको निशानामा जया बच्चन परेकी थिइन् । उनले जया बच्चनलाई ‘बिचारी महिला’ समेत भन्न भ्याएकी थिइन् । रेखाले उक्त अन्तरवार्ताका कारण निकै चर्चामा आएकी थिइन् । त्यति मात्र होइन जयाले पनि अर्को अन्तरवार्तामा रेखालाई विभिन्न आरोप लगाएकी थिइन् । 

मिडिया रिपोर्टका अनुसार एक अन्तरवार्तामा रेखाले भनेकी थिइन्, ‘म त दोस्रो महिला हुन् । त्यसैले मैले के भन्छु यसले के फरक पार्छ ? कसैको भित्रि कुरा जान्दिन । किनकी दोस्रो व्यक्ति सजिल्यै बिचारी बन्छन् । किनकी यही नै सही हो । म त बस फ्रि हुँ । किनकी कोही पनि यस्तो गर्न सक्दैन । म उसलाई छोड्न सक्दिन ।’ 

मिडिया रिपोर्टका अनुसार जया बच्चनले आफूलाई प्रेम गर्ने व्यक्तिको लागि कसैसँग पनि सम्झौता गर्न नसक्ने बताएकी थिइन् । उनले आफ्ना इच्छाहरु मारेर अर्कैसँग प्रेम गर्ने व्यक्तिसँग एउटै घरको छतमुनि बस्नु राम्रो होइन त्यसैले बाहिरी सम्बन्धलाई समाप्त गर्नु नै उचित हुने समेत बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप