मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साका १४ मध्ये ६ तहको अन्तिम नतिजा सार्वजनिक, कुन तह कसको कव्जामा ?

शुक्रबार, ०६ असोज २०७४, १७ : ०३
शुक्रबार, ०६ असोज २०७४

पर्सा– पर्सा जिल्लाको एक महानगरसहित १४ स्थानिय तहमध्ये ६ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पर्सामा शुक्रबार दिउँसोसम्म १ नगरपालिका र ५ गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो । सार्वजनिक भएका ६ स्थानीय तह मध्ये माओवादी केन्द्रले दुई, काँग्रेस, फोरम नेपाल, एमाले र नेपा संघीय समाजवादी पार्टीले एकएक तहमा जितेका छन् । 

पहिलो मेयर कांग्रेसलाई 
पर्साको पर्सागढी नगरपालिका जितेर पर्साले काँग्रेसको तर्फबाट पहिलो मेयर पाएको छ । जिल्लाको ३ वटा नगरपालिकामध्ये पर्सागढी नगरपालिकाको मेयर कांग्रेसको कब्जामा पुगेको हो । मेयरमा नेपाली काँग्रेसका लोक नरायण यादव ६७ मतअन्तरले विजयी भएका हुन् । उनले ३९६५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण पाठकले ३८९८ मत ल्याए । पर्सागढी नगरपालिकाको उपमेयरमा काँग्रेसकै अर्चना चौधरी ४५६९ ल्याएर विजयी भएकी छन्् । उनले ४५६९ मत ल्याँउँदा निकटतम प्रतिद्वन्दी  एमालेकी कालिदेवि थरुनीले ३६५०  मत ल्याइन्  । ९ वटा वडा रहेको पर्सागढी नगरपालिकाको अधिकांश वडामा काँग्रेसले जित हात पारेको छ । कांग्रेसले ५ तथा फोरम नेपाल र एमालेले २/२ वटा वडामा जीत हात पारेका हुन् । पर्सागढी नगरपालिकाको वडानम्बर १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका तुलाराम महतो , वडा नम्बर २ मा  काँग्रेसकै वेदमन दास थारु , वडा नंबर ३ मा एमालेका उद्धव उप्रेती, वडा नम्बर ४ मा काँग्रेसका समसुद्धिन देवान, वडा नम्बर ५ मा फोरम नेपालका असलम आलम, वडा नंबर ६ मा काँग्रेसका किशोरी यादव, वडा नंबर ७ मा फोरम नेपालका रामजी साह, वडा नंबर ८ मा काँग्रेसका किशुनदेव यादव र वडा नंबर ९ मा एमालेका राम नारायण गौरो विजयी भएका हुन् । 

छिपहरमाई र ठोरीमा माओवादी 
पर्साको छिपहरमाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।  छिपहरमाई गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र विजयी भएको हो । प्रमुखमा माओवादी केन्द्रका मनोज कुमार २८५१ मत ल्याएर विजयी भएका हुन् । प्रमुखमा विजयी गुप्ताका निकटतम प्रतिद्धन्द्धी फोरम नेपालका इन्द्रासन साह कलावारले २६९४ मत ल्याएका छन्  । छिपहरमाई गाउँपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै मोदीना खातुन २८३१ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्धन्द्धी फोरम नेपालकी शिशकली देविले २३७३ मत प्राप्त गरिन् । छिपहरमाईको वडा नंबर १ को वडा अध्यक्षमा फोरम नेपालका राजबली रावत ,वडा नंबर २ मा फोरम नेपालकै महेन्द्र साह कलवार , वडा नंबर ३ मा माओवादी केन्द्रका विनोद प्रसाद कानु ,वडा नंबर ४ को अध्यक्षमा काँग्रेसका बालक राउत गद्दी  र वडा नंबर ५ को अध्यक्षमा  माओवादी केन्द्रका मोजिलाल साह कानु विजयी भए । 

ठोरीमा माओवादी  
पर्साको ठोरी गाँउपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा माओवादीले जितेको छ । प्रमुखमा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठलाई चार सय ३४ मत अन्तरले पराजित गर्दै माओवादी केन्द्रका पिएल श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले दुईहजार आठ सय तीन मत पाए भने निटतम प्रतिद्धन्द्धी एमालेका श्रेष्ठले दुइ हजार तीन सय ६९ मत मात्रै प्राप्त गरे । पाँच वटा वडा रहेको ठोरी गाँउपालिकामा वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका राम प्रकाश कुवँर , वडा नम्बर २ को अध्यक्षमा काँग्रेसका किशोर तामांङ, वडा नम्बर ३ को वडाअध्यक्षमा माओवादी केन्द्रका सुर्य लामा, वडानम्बर ४ को अध्यक्षमा माओवादी केनद्रका बइव बहादुर पाख्रीन र वडा नम्बर ५ को अध्यक्षमा एमालेका राम बहादुर पाख्रीन विजयी भएका हुन् । 

पटेर्वासुगौलीमा एमालेको जित
पर्साको पटेर्वासुगौली गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरीनारायण चौधरी २९५७ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका दिनेश चौधरीले २८७५ मत प्राप्त गररे । पटेर्वा सुगौली गाउँपालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसकी उम्मेदवार ममता महतो ३२६३ मतका साथ विजयी भइन् । उनकी निकटतम प्रतिद्धन्दी एमालेकी उपप्रमुखकी उम्म्ेदवार अन्जु चौधरीले  २७८९ मत प्राप्त गरिन् । पटेर्वासुगौलीको वडा नंबर १ को वडा अध्यक्षमा नेकपा एमालेका उम्म्ेदवार परमान अन्सारी , वडा नंबर २ को अध्यक्षमा  नेपाली काग्रेसका  विजय गैरे ,वडा नंबर ३ को अध्यक्षमा नेपाली काँग्रसकै माधव प्रसाद चौधरी , वडा नंबर ४ मा नेपाल लोकतान्त्रिक फोरमका राजेश्वर महतो र वडा नंबर ५ मा नेकपा एमालेका मोतिलाल साह विजयी भएका छन् ।  

बिन्दवासनीमा फोरम विजयी 

पर्साको बिन्दवासनी गाउँपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ । प्रमुखमा फोरम नेपालका श्रीलाल मोदी ८ मतको झिनो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसियालाई पराजित गरेका छन् । मोदीले जम्मा २ हजार ६ सय ९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले २ हजार ६ सय १ मत ल्याएका हुन् ।  यस्तै पर्साको कालीकामाई गाउँपालिकाको प्रमुखमा नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार नथुनी प्रसाद कुशवाहा विजयी बनेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप