काँग्रेसद्वारा दुःख व्यक्त
बुधबार, १७ मङ्सिर २०७७, १५ : ३५
काठमाडौं । नेपाली काँग्रेसले स्याङ्जा, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणकी माता फूलकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ । श्रीमती खाँणको मङ्गलबार वालिङ–९ स्थित आफ्नै निवासमा ८६ वर्षका उमेरमा निधन भएको हो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आज शोक वक्तव्यमार्फत पार्टीका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व.खाँण विसं २०१५ का निर्वाचित सांसद स्व.यमबहादुर खाँणकी धर्मपत्नी हुन् । श्रीमती खाँणले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण