अपेक्षा अनुसार काम गर्न सकिएनः विद्यासुन्दर शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन् ।. बुधबार काठमाडौंमा सञ्चारकर्मीसँगको मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् ।
‘खानेपानी, ढल, सडक, विजुली, इन्टरनेटको तार लागयतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्व समेत उठाउने निकाय अलग अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन् ’ मेयर शाक्यले भने । तोकिएको निकायले काम नगर्ने तर दोस महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए । महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दा पनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यले बताए ।
काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए । रानीपोखरीको बीचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण