अचानक चर्चामा आए इमरान हासमी र सन्नी लियोनीका ‘छोरा’
यता बलिउड कलाकार इमरान हासमी र सन्नी लियोनीका 'छोरा' विहारको मुजफ्फरपुरमा पढिरहेको खबर केही दिनदेखि चर्चामा छ । सुन्दा अचम्म लाग्दो हो । इमरान हास्मी र सन्नी लियोनीका छोरा त्यो पनि मजफ्फरपुरमा पढिरहेका ? यसबारे चर्चा किन भइरहेको छ, जानकारी लिऔं ।
वास्तवमा बिहारको मुजफ्फरपुर शहरमा स्थिती बीआरए बिश्वविद्यालयको स्नातकमा पढ्ने एक विद्यार्थीले आफ्नो फारममा आमा बुवाको नाममा यी अभिनेताको नाम लेखाएपछि यस्तो चर्चा भएको हो । ती विद्यार्थीले बुवाको नाममा इमरान हासमी र आमाको नाममा सन्नी लियोनी राखेका हुन् ।
बाबा साहेब भीमराव आम्बेडकर विश्वविद्यालयअन्तर्गत आउने मिनापुरस्थित धनराज महतो कलेजका विद्यार्थी कुन्दर कुमारले आफ्नो फारममा आफ्नो आमाबुवाको सही नाम नदिई यी बलिउड कलाकारको नाम राखेका हुन् र ठेगानामा उनले मुजफ्फरपुरको चतुर्भुज राखेका छन् ।
सोसल मिडियामा भाइरल भएको उक्त फारमबारे विश्वविद्यालयका रजिस्ट्रार राम कृष्ण ठाकुरले आफूहरुले घटनाको जानकारी पाइसकेको र विद्यार्थीले ठट्टा गर्नका लागि यस्तो गरेको हुनसक्ने अनुमान गरेका छन् । यसबारे कलेज प्रशासनले अनुसन्धान थालेको पनि उनले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण