कलेजका छात्रले सन्नी लियोनीलाई बताएका थिए आमा, नायिकाले दिइन् यस्तो प्रतिक्रिया
हालै बिहारका एक छात्रले आफ्नो कलेजको फारम भर्नेबेला आमाको नाम सन्नी लियोनी बताए भने बुवालाई इमरान हाशमी । उक्त फारम सार्वजनिक भएपछि यसले व्यापक चर्चासमेत पायो ।
बिहारको मुजफ्फरपुरका एक विद्यार्थीको कलेज फारम सोसल मिडियामा यत्रतत्र पाइए । बीआरए बिहार विश्वविद्यालयको स्नातक तहमा पढ्ने विद्यार्थीले यस्तो फन्डा गरेका हुन् ।
खबर भाइरल भएपछि इमरान हाशमीले ट्वीट गरेर आफ्नो प्रतिक्रिया दिएका थिए । अब यसमा सन्नी लियोनीको प्रतिक्रिया पनि आएको छ । सन्नीले यसबारे एक समाचार पोस्ट गर्दै प्रतिक्रिया दिइन्, ‘यो बच्चा शानदान छन् । यति ठूलो सपना देख्ने यो उनको आफ्नै तरिका हो । हाहाहा..’
This kids awsome !!!!! Way to dream big :)))))))) XO hahahaha https://t.co/VEkTnsv4VT
— sunnyleone (@SunnyLeone) December 12, 2020
स्मरण रहोस्, यो मामिलामा कलेजका रजिस्ट्रार राम कृष्णा ठाकुरको बयान पनि सार्वजनिक भएको छ । उनले यसबारे अनुसन्धान भइरहेको बताए । रिपोर्ट आएपछि कारवाही गरिने उनले जानकारी दिए । एड्मिट कार्डमा देखिएको फोन नम्बर र आधार कार्ड नम्बरमार्फत् विद्यार्थीलाई पनि ट्र्याक गरिने कोसिस भइरहेको छ ।
स्मरण रहोस्, यसअघि गत अप्रिलमा सनी लियोनीको नाम कोलकाताको आशुतोष कलेजको भर्ना सूचीमा पनि आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण