अमेरिकामा कोभिड १९ भ्याक्सिन लगाउन सुरु
सोमबार, २९ मङ्सिर २०७७, २३ : १७
एजेन्सी । अमेरिकामा कोभिड १९ भ्याक्सिन लगाउन सुरु भएको छ । सोमबारदेखि त्यहाँ कोभिड भ्याक्सिन लगाउन सुरु गरिएको हो । सोमबार सुरु गरिएको पहिलो खोप फ्रन्ट लाइनमा काम गरिरहेकी एक नर्स लगाएकी छिन् । न्युयोर्कको लङ आइल्यान्डकी एक नर्सलाई उक्त खोप लगाइएको हो । ती नर्स आइसीयूमा कार्यरत रहेकी थिइन् ।
यो खोप सोमबार अमेरिकाका १५० अस्पतालमा दिइएको छ । अमेरिकाले खोप अभियान अन्तर्गत अर्को सालको अप्रिलसम्म करिब १० करोड मानिसहरुलाई खोप दिने लक्ष्य राखेको छ । यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरिका मानिसहरूलाई लागि बधाई दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिएका हुन् । अमेरिकामा कोरोना संक्रमणबाट मात्रै करिब ३ लाख जनाको ज्यान गैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण