बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
बिहीबार, ०९ पुस २०७७, ०९ : ४२
पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए ।
धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगेशको प्रश्न : एमाले फुटाउन देउवाले अध्यादेश ल्याएको होइन ?
-
बैठक स्थगितपछि सभामुख र प्रमुख सचेतक छलफलमा
-
कोशीको विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, पूर्ण सुनुवाइका लागि जेठ ९ गते तोकियो पेशी
-
रेशम र रामेश्वर चौधरीको रिट पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश
-
मन्त्रिपरिषद् बैठक : १ अर्ब २० करोड रुपैयाँ अनुदान लिनेसहित २५ निर्णय
-
त्रिविका अवकाशप्राप्त कर्मचारीलाई पेन्सनका लागि जान्छ मासिक २५ करोड