वडाध्यक्षका हत्यारालाई जन्मकैद
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।
वडाध्यक्ष धामी विसं २०७६ माघ महिनाको २० गते राति भैँसी गोठमा मृत फेला परेका थिए ।
मृतक वडाध्यक्षका भाइ सुरतबहादुर धामीले स्थानीय नौ जनाले हत्या गरेको भन्दै उनीहरुका नाममा किटानी जोहेरी दिएपछि हत्यामा संलग्न रहेको आरोप लागेका अन्य पाँच जनाको कसुर नरहेको भन्दै अदालतले सफाइ दिएको छ भने चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । मृतक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण