अत्यधिक प्याजको सेवन किन हानिकारक ?
एजेन्सी । प्याज सेवन गर्दा अनेकन् फाइदाहरु हुन्छन् । भोजनलाई फरक स्वाद दिन प्याज मिसाउनु जरुरी छ । प्याजलाई सलादको रुपमा पनि खान सकिन्छ । प्याजले शरीरलाई धेरै फाइदा पनि गर्छ । प्याजको सेवनले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्छ । पाचन प्रक्रिया तन्दुरुस्त बनाउनुका साथै चिसोमा रुघाखोकीको उपचारमा पनि लाभदायी हुन्छ ।
तर, प्याजको सेवनले बेफाइदा पनि गर्न सक्छ । अत्यधिक मात्रामा प्याजको सेवनले शरीरमा विभिन्न प्रकारका समस्याहरु पैदा गराउँछ ।
प्याजमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सको मात्रा धेरै पाइन्छ । यसरी शरीरलाई लाभ पनि पुर्याउँछ । अधिक मात्रामा यसको सेवनले विभिन्न समस्याहरु पनि उत्पन्न गराउँछ ।
आयुर्वेदले प्याजको मात्रा कम खान सल्लाह दिइएको छ । आयुर्वेदका अनुसार अत्यधिक मात्रामा प्याजको सेवनले कुनै पनि व्यक्तिको ध्यान बिचलित गराउँछ ।
यस्तै, प्याजको सेवनले पेटसम्बन्धी समस्याहरु पैदा गर्छ । प्याजमा प्राकृतिक फ्रुक्टोस भारी मात्रामा पाइन्छ । जसको कारण पेटमा ग्यास उत्पन्न हुन्छ ।
यति मात्र होइन प्याजको अत्यधिक सेवनले मुखमा दुर्गन्ध पैदा गर्छ ।
त्यसैगरी, प्याजको सेवनले पेट दुखाईको समस्या पनि ल्याउँछ । प्याजमा अत्यधिक मात्रामा फाइबर पाइन्छ । त्यसैले धेरै सेवन गर्दा पेट दुख्ने समस्या आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण