अत्यधिक प्याजको सेवन किन हानिकारक ?
एजेन्सी । प्याज सेवन गर्दा अनेकन् फाइदाहरु हुन्छन् । भोजनलाई फरक स्वाद दिन प्याज मिसाउनु जरुरी छ । प्याजलाई सलादको रुपमा पनि खान सकिन्छ । प्याजले शरीरलाई धेरै फाइदा पनि गर्छ । प्याजको सेवनले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्छ । पाचन प्रक्रिया तन्दुरुस्त बनाउनुका साथै चिसोमा रुघाखोकीको उपचारमा पनि लाभदायी हुन्छ ।
तर, प्याजको सेवनले बेफाइदा पनि गर्न सक्छ । अत्यधिक मात्रामा प्याजको सेवनले शरीरमा विभिन्न प्रकारका समस्याहरु पैदा गराउँछ ।
प्याजमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सको मात्रा धेरै पाइन्छ । यसरी शरीरलाई लाभ पनि पुर्याउँछ । अधिक मात्रामा यसको सेवनले विभिन्न समस्याहरु पनि उत्पन्न गराउँछ ।
आयुर्वेदले प्याजको मात्रा कम खान सल्लाह दिइएको छ । आयुर्वेदका अनुसार अत्यधिक मात्रामा प्याजको सेवनले कुनै पनि व्यक्तिको ध्यान बिचलित गराउँछ ।
यस्तै, प्याजको सेवनले पेटसम्बन्धी समस्याहरु पैदा गर्छ । प्याजमा प्राकृतिक फ्रुक्टोस भारी मात्रामा पाइन्छ । जसको कारण पेटमा ग्यास उत्पन्न हुन्छ ।
यति मात्र होइन प्याजको अत्यधिक सेवनले मुखमा दुर्गन्ध पैदा गर्छ ।
त्यसैगरी, प्याजको सेवनले पेट दुखाईको समस्या पनि ल्याउँछ । प्याजमा अत्यधिक मात्रामा फाइबर पाइन्छ । त्यसैले धेरै सेवन गर्दा पेट दुख्ने समस्या आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु, तस्बिरहरू हेर्नुहोस्
-
ललितपुर वुमन्स च्याम्पियनसिप : ललितपुर–११ को विजयी सुरुआत
-
देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल
-
‘‘अन्लक्की’ को ट्याग दिँदा चित्त दुख्थ्यो’
-
प्रधानमन्त्री बन्ने कागजमा सम्झौता नगरेपछि यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ : ओली
-
रन्जुले डेनमार्कमा सिकाइन् मिथिला चित्र