अस्पतालबाट डिस्चार्ज भए रजनीकान्त
आइतबार, १२ पुस २०७७, २० : ०५
मुम्बई । सुपरस्टार रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएका छन् । गत २५ डिसेम्बरमा उच्च ब्लड प्रेसर समस्याका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका उनी अहिले डिस्चार्ज भएका हुन् । अपोलो अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै अभिनेताको स्वास्थ्यको अपडेट गराएको छ ।
जसमा रजनीकान्तको स्वास्थ्य पहिले भन्दा राम्रो भएकोले डिस्चार्ज गरिएको बताइएको थियो । डाक्टरले रजनीकान्तलाई तनावबाट टाढा रहन सल्लाह समेत दिएका छन् । रजनीकान्त फिल्म ‘अन्नथे’ को सुटिङ हैदरावादमा गर्दै थिए । सोही क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको हो । फिल्म ‘अन्नथे’ मा रजनीकान्तको अलवा कीर्ति सुरेश, मीना, नयनतारा, खुशबु, प्रकाश राज र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण