शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अस्पतालबाट डिस्चार्ज भए रजनीकान्त

आइतबार, १२ पुस २०७७, २० : ०५
आइतबार, १२ पुस २०७७

मुम्बई । सुपरस्टार रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएका छन् । गत २५ डिसेम्बरमा उच्च ब्लड प्रेसर समस्याका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका उनी अहिले डिस्चार्ज भएका हुन् । अपोलो अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै अभिनेताको स्वास्थ्यको अपडेट गराएको छ ।

जसमा रजनीकान्तको स्वास्थ्य पहिले भन्दा राम्रो भएकोले डिस्चार्ज गरिएको बताइएको थियो । डाक्टरले रजनीकान्तलाई तनावबाट टाढा रहन सल्लाह समेत दिएका छन् । रजनीकान्त फिल्म ‘अन्नथे’ को सुटिङ हैदरावादमा गर्दै थिए । सोही क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको हो । फिल्म ‘अन्नथे’ मा रजनीकान्तको अलवा कीर्ति सुरेश, मीना, नयनतारा, खुशबु, प्रकाश राज र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप