बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्री थापालाई कालो बेलुन देखाएर विरोध

शुक्रबार, २४ पुस २०७७, १२ : २९
शुक्रबार, २४ पुस २०७७

दोलखा । दोलखामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कालो बेलु्न देखाएर विरोध गरिएको छ । नेकपा ओली समूहको जिल्ला भेलालाई सम्बोधन गर्न पुगेका गृहमन्त्री थापालाई प्रचण्ड माधव समूहका कार्यकर्ताहरुले कालो बेलुन देखाएर विरोध गरेका हुन् । आज आयोजना गरिएको भेलामा गृहमन्त्री थापासहित सञ्चारमन्त्री पार्वत गुरुङ, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन कार्यक्रम रहेको छ । 

ओली समूहको कार्यक्रम सुरु हुनुअघि प्रचण्ड– माधव समूहले सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । यसअघि गृहमन्त्री थापालाई चितवनमा पनि प्रचण्ड माधव पक्षको विद्यार्थी संगठनले कालो झण्डा देखाएर विरोध गरिएको थियो । दुई प्रभावशाली मन्त्रीहरुको आगमनसँगै दोलखामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप