गृहमन्त्री थापालाई कालो बेलुन देखाएर विरोध
शुक्रबार, २४ पुस २०७७, १२ : २९
दोलखा । दोलखामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कालो बेलु्न देखाएर विरोध गरिएको छ । नेकपा ओली समूहको जिल्ला भेलालाई सम्बोधन गर्न पुगेका गृहमन्त्री थापालाई प्रचण्ड माधव समूहका कार्यकर्ताहरुले कालो बेलुन देखाएर विरोध गरेका हुन् । आज आयोजना गरिएको भेलामा गृहमन्त्री थापासहित सञ्चारमन्त्री पार्वत गुरुङ, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन कार्यक्रम रहेको छ ।
ओली समूहको कार्यक्रम सुरु हुनुअघि प्रचण्ड– माधव समूहले सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । यसअघि गृहमन्त्री थापालाई चितवनमा पनि प्रचण्ड माधव पक्षको विद्यार्थी संगठनले कालो झण्डा देखाएर विरोध गरिएको थियो । दुई प्रभावशाली मन्त्रीहरुको आगमनसँगै दोलखामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण