‘मोडल हन्ट नेपाल’ मार्फत उत्कृष्ट मोडल छान्दै नेक्स्ट मोडल्स
काठमाडौं । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’ को छैठौं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल’ को नयाँ सेसनका लागि आवेदन खुल्ला भएको जनाएको हो ।
१६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च उँचाई तथा युवतीको हकमा कम्तिमा ५ फिट २ इन्च उचाई हुनुपर्ने मुख्य प्रावधान राखिएको छ । उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने ब्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगिताका लागि पहिलो चरणको अडिसन अगामी माघ १० गते काठमाडौमा आयोजना हुँदैछ । पहिले चरणको प्रतियोगितामा छानिएका प्रतियोगीले मात्र फाइनल प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन् । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङ सम्बन्धी व्यक्तित्व विकास, शारारिक बनावट, मोडल हिँडाई, आत्मविश्वास, एटिट्युडलगायत विभिन्न थिममा आधारित फोटोशुट, रनवे प्रस्तुतिकरण लगायतका ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगिताको विजेताले नगद एक लाखसहित उपाधिका साथमा दक्षिण कोरियामा सञ्चालन हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिताको अवसर प्राप्त गर्नेछन् भने मोडलिङको विभिन्न विधा तथा मिडिया विशेष अवसर प्राप्त गर्नेछन् । यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिता, वेभ म्यागाजिनको कभर पेजमा तस्बिरको अवसर समेत प्राप्त आयोजक जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण