शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तान्डव वेब सिरिजमा ‘तान्डव’ मच्चिएपछि परिवर्तनका लागि तयार भए निर्माता–निर्देशक

बुधबार, ०७ माघ २०७७, ०७ : ०४
बुधबार, ०७ माघ २०७७

हालै अमेजन प्राइम भिडियोमा रिलिज भएको वेब सिरिज तान्डवका निर्माता निर्देशकले सिरिजमाथि उठेका केही आपत्तिपछि त्यसमा परिवर्तन गर्ने निर्णय गरेको छ । 

वेब सिरिजका निर्देशक अली अब्बास जफरले ट्वीट गरेर यसको जानकारी दिएका हुन् । 

यो बयानमा तान्डवको पूरा समूह देशका जनताको भावनालाई सम्मान गर्ने र कुनै पनि प्रकारको भावनालाई ठेस पुर्याउने कुनै उद्देश्य नराखेको बताइएको छ ।

बयानमा थपिएको छ, ‘केही मानिसहरुले जुन मुद्दा उठाएका थिए त्यसलाई मध्यनजर गर्दै तान्डवको टीमले त्यसमा परिवर्तन गर्ने निर्णय लिएको छ ।’

बयानमा सूचना एवं प्रसारण मन्त्रालयलाई पनि यो मामिलामा पूरा सहयोग दिएकोमा धन्यवाद प्रदान गरिएको छ । 

बयानमा पुनः दोहोराइएको छ, ‘यदि यो वेब सिरिजले अञ्जानमा कसैलाई पनि ठेस पुगेको भए पूरा टिम यसका लागि माफी चाहन्छ ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप