
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बोदेवरसाइन–विष्णुपुर सडकखण्डअन्तर्गत सप्तरीको बोदेवरसाइन नगरपालिका–२ स्थित जोगीयामा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विष्णुपुरबाट बोदेवरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं २–०१–००१प ६४०३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भएका चौधरीको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र मोटरसाइलको पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन् । घाइते दुवैका उपचार युनिक अस्पतालमा भइरहेको छ । उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय बोदेवरसाइनले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ