शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा पुनः देशव्यापी लकडाउन, यात्रामा प्रतिबन्ध

आइतबार, १८ माघ २०७७, ०९ : ००
आइतबार, १८ माघ २०७७

फ्रान्सले कोभिड–१९ को नयाँ  लकडाउन आइतबारदेखि देशभरी लागू गरिदिएको छ । 

लकडाउनपश्चात् युरोपेली संघबाहिर यात्रामाथि प्रतिबन्ध लागू गरिएको छ जबकी युरोपेली संघभित्रबाट यात्रीका लागि परीक्षणको नियम कडा पारिएको छ । 

फ्रान्सका प्रधानमन्त्री जेन केस्टेक्सले फ्रान्समा रातीको कर्फ्यूलाई थप कडाईका साथ लागू गरिन् र ठूलो परिमाणमा सपिङ सेन्टर बन्द रहने जानकारी दिए । 

नयाँ सीमा प्रतिबन्धले बेलायतलाई प्रभावित गर्नेछ जुन अब युरोपेली संघको हिस्सा होइन । यद्यपि, फ्रान्सेली यातायात मन्त्रीले बेलायतबाट हुने आयात–निर्यातमा यसले कुनै असर नपार्ने स्पष्ट पारेका छन् ।
 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप