ट्राफिक कारबाहीको अब अनलाइनबाटै यसरी गर्न सकिन्छ भुक्तानी
काठमाडौं । अब ट्राफिक नियम उल्लंघनको जरिवाना (कारवाही) को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले ट्राफिक नियम उल्लंघन गरेवापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयरको विकास गरेको हो ।
योसँगै अब घण्टौसम्म लाइनमा बसेर जरिवाना रकम बैंकमा क्यास भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडक नियमको उल्लंघन गरि ट्राफिक कारबाहीमा परेका व्यक्तिले अब सजिलै घरमै बसेर डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
ट्राफिक प्रहरी महासाखाले डिजिटल भुक्तानी ई–सेवासँग मिलेर यस्तो सफ्टवेयर ल्याएको हो । बुधबार एक समारोहकाबीच टीभीआरएसको औपचारिक उत्घाटन गर्दै महानगरीय ट्राफिक महाशाखाले प्रविधिको प्रयोग र अनलाइन भुक्तानीको सुविधाले सवारी व्यवस्थापनमा थप प्रभावकारी र सहज हुनुका साथै कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताएको छ ।
यसरी गर्न सकिन्छ डिजिटल भुक्तानी
सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गरेपछि ट्राफिक उल्लंघन गरेको कसुर र जरिवाना रकम इ–सेवामा देखाउनेछ । सोही ठाउँमा मागिएको विवरण भरेर सहजै ई–सेवाबाट रकम भुक्तानी गर्न सकिने इ सेवाले जनाएको छ ।
ई–सेवा अकाउन्ट नभएका व्यक्तिहरुले पनि नजिकै रहेको कुनै पनि ई–सेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी गरिने भुक्तानीको राजस्व सिधै सरकारी राजस्व खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण