जगदम्बा मोटर्सको ‘डाउनलोड एन्ड विन’अभियानमा अनिल प्रधानले जिते स्कुटर
काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।
टीभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एन्ड बिजनेश डेभलपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरे ।
उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टीभीएस दशैंको आशा नामक स्टीकर डाउनलोड गरेर नयाँ टीभीएस जेष्ट स्कुटर सक्ने अवसर पाएका थिए ।
भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसीले भने, ‘हामी नेपालको एक प्रमुख मोटरसाइकलका वितरक जगदम्बा मोटर्स टीभीसँग साझेदारीमा रहेकोमा गर्व गर्दछौं । हामीले यस अभियान भरीनै उत्साहजनक सहभागीता पाएका थियौं र हामी भन्न सक्छौं कि हाम्रो प्रयोगकर्ताहरूले यस अभियानको आनन्द लिएका छन् । हामी आगामी दिनमा टीभीसँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं र अझ धेरै यस्ता रमाइलो उपहारहरु प्रदान गर्न चाहन्छौं ।’
जगदम्बा मोटर्सका जनरल म्यानेजर तथा सेल्स एन्ड बिजनेश डेभलपमेन्टका दीपकप्रसाद रौनियाले यो ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जीवनमा रमाइलो र उत्साह प्रदान गर्न टीभीएससँग सहकार्य गरेकोमा राकुटेन भाइवर प्रति आभारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण