चिडियाखानामा थुन्ने चेतावनीपछि भीम रावलले भने, ‘पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवलाय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले असंवैधानिक कदम विरुद्ध आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने अभिव्यक्ति दिएको विरुद्ध नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य भीम रावलले आपत्ति जनाएका छन् ।
उनले गृहमन्त्री थापाको अभिव्यक्तिपछि गरेको ट्वीटमा गृहमन्त्रीको भाषयाले प्रधानमन्त्री ओली निरकुंश पंचायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दिवा सपना देखेको उल्लेख गरेका छन् ।
उनले भनेका छन, ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ । निरंकुशतन्त्र ढल्छ ।’
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।निरंकुशतन्त्र ढल्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) February 5, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
