‘संविधान बिरामी परेको छ, चाँडो फैसला दिनुस् श्रीमान्’
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी वकिलको बहस सकिएको छ । आइतबार महान्यायाधिवक्ताको कार्यालयबाट सहभागी चार जनाले बहस गरेका छन् । नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई, उपन्यायाधिवक्ता दशरथ पंगेनी र उद्धवप्रसाद पुडासैनीले संवैधानिक इजलासमा बहस गरे । सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता रमेश बडालले बहस गरे । प्रधानमन्त्रीका कानुन व्यवसायीहरुलाई माघ ३० गतेभित्र बहस सक्न प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले समय सीमा तोकेका छन् ।
प्रतिनिधिसभा विघटनबारे बहस गर्दै नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले संविधानलाई बिरामी गराउन खोजिएको बताए । डा.घिमिरेले ‘संविधान बिरामी गराउन खोजिएको’ बताएपछि न्यायाधीश अनिलकुमार सिन्हाले उनलाई प्रश्न गरे– ‘संविधान बिरामी नै परेको हो त ?’ ‘बिरामी परेको हो तर, हाम्रो कारणले हैन’ घिमिरेले भने–‘निवेदकले सो कुरा दाबी गरेका छन्, बिरामी परेको हुनाले नै श्रीमानहरुले कुरा सुन्नुपरेको छ ।’
मुटु, गिदी र कलेजो नहुँदा मानव शरीरको अस्तित्व नहुने ब्याख्या गरेका घिमिरेले संविधानका आधारभूत संरचनाले फङ्गसन गर्न विघटन सदर गर्नुपर्ने जिकिर गरेका छन् । ‘प्रोसेस इनोभेसन (विधिको शुरुवात) भनेको छिट्टै फैसला गर्नुपर्छ’ डा. घिमिरेले भने–‘विघटन मुद्दा चाँडो फैसला भएमा निर्वाचन आयोगले घोषित चुनाव गराउन सक्छ, अदालतले ढिला गर्दा चुनाव नहुने अवस्था नआओस् ।’
घिमिरेले निर्वाचनको बाटो खोल्नुपर्ने तर्क गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रश्न गरे । चोलेन्द्रले सोधे–‘उसले (आयोग) हामीलाई हेर्नुपर्छ र कुरेर बस्छ भने त गल्ती उसकै होला तर, हामीले फैसला नगरेर चुनाव गर्न नपाउने भन्ने हुन्छ र ?’
संविधानको प्रस्तावनामा बालिग मताधिकार र बहुदलीय प्रतिस्पर्धालाई आधारभूत संरचना मानेको हुनाले अदालतबाट छिटो निर्णय भएमा संविधानले फङ्गसन गर्न सक्ने घिमिरेको भनाई छ । ‘चाँडो फैसला गर्दा तोकिएको समयमा निर्वाचन गर्न सहज हुन्छ’ डा.घिमिरेले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा बुझाएको लिखित जवाफमा ‘दुई तिहाई आवश्यक’ रहेको बताए पनि सो दुई तिहाइ आफ्नै लागि नमागेको घिमिरेले दावी गरेका छन् । ‘प्रधानमन्त्रीले दुई तिहाई मलाई देउ भनेर माग्नुभएको होइन्’ डा.घिमिरेले भने–‘एउटै दलको दुई तिहाई भएमा सरकारले काम गर्न सक्छ, स्थायित्वका लागि दुई तिहाई भन्नुभएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण