शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमीको ६ हजार एमएएच ब्याट्री भएको रेडमी ९ पावर सार्वजनिक: ४८ एमपी क्वाड क्यामेरा सेटअप र फुल एचडी प्लस डिस्प्लेसहित यस्ता छन् विशेषता

बुधबार, २८ माघ २०७७, १५ : २४
बुधबार, २८ माघ २०७७

काठमाडौं । विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ता रेडमी ९ पावरलाई भित्र्याएको छ । हालै रेडमी ९ सिरिजमा भित्र्याइएको यो स्मार्टफोनले शक्तिशाली प्रदर्शनको खोजीमा रहेका टेक पारखीहरुको आवश्यकतालाई पूरा गर्ने कम्पनीको दावी छ ।

यो रेडमीको पहिलो फोन हो जसमा ६ हजार एमएएच ब्याट्री रहेको छ र एकपटक चार्ज गर्दा एक दिन भन्दा बढिसम्म टिक्छ । यसका साथै यो ४८एमपी क्वाड क्यामेरा सेटअप, अक्टा–कोर क्वालकम स्न्यापड्र्यागन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडी प्लस डिस्प्लेको साथ आउँदछ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी फोन सिरिजलाई केवल ९ को छाताअन्तर्गत उपकरणहरूको लाइनअप सुधार गरेको बताए । उनले भने, ‘रेडमी फोन सिरिजको पोर्टफोलियोलाई अडियो र भिजुअल श्रेणीमा विस्तार ग¥यौं र रेडमी इयरबड्स एस र एमआई टीभी सार्वजनिक गरेर केही उद्योग बेन्चमार्क पनि कायम गरेका छौं । प्रत्येक रेडमी उपकरणहरू यस वर्ष निकै सफल भएका छन् ।’ 

उनले थपे, ‘रेडमी ९ पावरको सार्वजनिकसँगै उपभोक्ताले उनीहरूको आवश्यकतामा कुनै सम्झौता नगरुन भनेर हामीले अझ बढि प्रदान गर्दै यस वर्षलाई शानदार ढंगले अन्त्य गर्दैछौं । यो फोनको साथ हामी एक विशाल ६ हजार एमएएच ब्याट्रीको साथ एक नयाँ कारक प्रस्तुत गर्दैछौं ।’ 

क्यामेरा
रेडमी ९ पावर ४८ एमपी क्वाड क्यामेरा सेटअपको साथ आउँदछ । यसमा ४८ एमपी सामसुङ जीएम१ सेन्सर र १२० डिग्री फिल्ड अफ भ्यू भएको ८एमपी अल्ट्रा वाइड क्यामेरा रहेको छ । साथै, यसमा २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ सेन्सर रहेको छ जसले धेरै रोमाञ्चक फोटोग्राफी मोडहरू प्रदान गर्दछ । मीयूआई १२ ले क्यामेरा एप्लिकेशनमा क्यामेराको विशेषता झल्काउँछ । ८ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलको ख्याल राख्छ । 

ब्याट्री
नेपाली प्रयोगकर्ताहरुको लागि विशेष रूपमा बनाइएको रेडमी ९ पावरले एक चार्जमा २ दिनसम्म प्रयोग गर्न सकिने विशाल ६ हजार एमएएच ब्याट्री सुविधा प्रदान गर्दछ । ६ हजार एमएएच ब्याट्रीले ४जी नेटवर्कमा ६९५ घण्टा सम्मको कार्य गर्दछ । यो उपकरणमा प्रयोग गरिएको विशेष ऐलांइले ब्याट्री क्षमतामा भएको वृद्धिले स्मार्टफोनको तौललाई बढाउँदैन भनेर सुनिश्चित गर्दछ । रेडमी ९ पावर १८ वाट फार्स्ट चार्जिङको साथ आउँछ । जसले ३० मिनेट चार्जिङमा १४ घण्टा भिडियो कल प्रदान गर्दछ । 

उच्च गुणस्तरको साथ रेडमी फोनहरू अब धेरै लामो समयसम्म टिक्छ । रेडमी ९ पावर इएलबी टेक्नोलोजीको साथ आउँछ जुन ३ वर्षसम्म टिक्छ । 

डिजाइन
रेडमी ९ पावरले नयाँ औरा पावर डिजाइन फिचर गर्दछ । ठूलो ६.५३ इन्च फुल एचडी प्लस डिस्प्लेले उत्कृष्ट इमेज गुणवत्ता र एक असाधारण समग्र भ्यू अनुभव प्रदान गर्दछ । डिस्प्ले एक टीयूभी रेनल्यान्ड लो ब्लू लाइट प्रमाणीकरणको साथ आउँछ । रेडमी ९ पावरको पछाडि फिंगरप्रिन्ट प्रतिरोधी टेक्स्चर छ । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र मी फेस अनलकले सुरक्षाको ख्याल राखेको छ । यसका पूर्ववर्तीहरू जस्तैः रेडमी ९ पावरले डुअल फोरजी स्ट्यान्डबाई सिम कार्ड र डेडिकेटेड माइक्रोएसडी कार्ड स्लट समर्थन गर्दछ, र ३.५ एमएम हेडफोन ज्याकको साथ आउँछ । 

पर्फर्मेन्स र स्टोरेज
चिपसेट रेडमी ९ पावरमा भएको क्वालकम स्न्यापड्र्यागन ६६२ ले एक शानदार मोबाइल अनुभव प्रदान गर्दछ । एन्ड्रोइड ६१० ले गेमिङ अनुभव सक्षम पार्ने स्मुद र भिभिड ग्राफिक्स सुनिश्चित गर्दछ । रेडमी ९ पावर पनि इमर्सिभ मल्टिमिडिया अनुभवका लागि स्टेरियो स्पिकरहरूको साथ एक हाई–रेन्ज अडियो प्रमाणिकरणको साथ आउँदछ । रेडमी ९ पावरमा ४जीबी र्याम र ६४ जीबी यूएफएस तथा ४जीबी र्याम र १२८ जीबी यूएफएस छ र डेडिकेटड माइक्रोएसडी कार्ड स्लटलाई ५१२ जीबी सम्म बढाउन मिल्छ । 

गुणस्तर 
रेडमी ९ पावरको फ्रन्टमा स्क्र्याचबाट जोगाउन कर्निङ्ग गोरिल्ला ग्लास ३ रहेको छ । रबराइज्ड पोर्टको साथ स्प्ल्याश प्रतिरोधी कोटिङले दुर्घटनात्मक स्पिलबाट बचाउँछ । स्मार्टफोनको दीर्घायु कोरोशन प्रतिरोधक पोर्टहरूद्वारा सुनिश्चित गरिएको छ । 

उपलब्धता र मूल्य
रेडमी ९ पावर चारवटा कलर भेरियन्टहरू माईटी ब्ल्याक, ब्लेजिङ ब्लू, फाएरी रेड र इलेक्ट्रिक ग्रीनमा उपलब्ध हुनेछ । यो अनलाइन र अफलाइन स्टोरहरूमा माघ २८ गतेदेखि उपलब्ध हुनेछ । 

मूल्य
४जीबी+६४जीबी भरियन्टको मूल्य १८ हजार ९ सय ९९ रहेको छ । त्यसैगरी, ४जीबी+१२८जीबी भरियन्टको मूल्य २० हजार ९ सय ९९ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप