दीपाले बुबाआमा भन्दा मुस्कुराए मह जोडी (फोटो फिचर)
काठमाडौं – निर्देशक समेत रहेकी हाँस्य अभिनेत्री दीपाश्री निरौलाले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई बुबाआमाको रुपमा सम्बोधन गरेकी छन् ।
उनले बुधबार चन्दागिरी हिल्समा आयोजित हिल्सको टिभिसी सार्वजनिक कार्यक्रममा कलाकार द्वयलाई बुबाआमाको रुपमा सम्बोधन गरेकी हुन् । उनले बुबाआमा भनेर सम्बोधन गर्दा कलाकार महजोडीले हाँसेर स्वागत गरे ।
‘महले नेपालमा हाँस्य कलाकारिता स्थिापित गरेका हुन्’ दीपाले भनिन् ‘मलाई लाग्छ हामी हाँस्य कलाकारहरुको आमाबुबा नै उहाँहरु हुन् ।’
हिल्सको बिज्ञापनमा अभिनय गर्ने कलाकार तथा निर्माण युनिटलाई प्रमाण पत्र समेत दिइएको कार्यक्रममा नव निर्मित हिल्सको टिभिसी समेत सार्वजनिक गरिएको थियो । हाँस्य कलाकार महजोडीले उक्त टिभिसी सार्वजनिक गरे ।
टिभीसिमा कलाकार मह जोडीका, दीपक दीपाको अभिनय रहेको छ । बिभिन्न दृष्टिकोणले महत्वपुर्ण देखाइएको हिल्सको टिभीसीले अब बिभिन्न टेलिभिजनमा समेत देख्न पाइने चन्दागिरी हिल्सले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण