जब कक्षाकोठामा प्रेमीसँग थुनिएकी थिइन् ट्वीङ्कल खन्ना, बताइन् रोचक किस्सा
बलिउड सेलिब्रिटीको बाल्यकालका कहानी धेरैजसो प्रशंसकलाई मनपर्छ । ट्वीङ्कल खन्ना एक यस्ती अभिनेत्री हुन् जसले धेरैजसो आफ्ना बारे रोचक किस्सा सेयर गरिरहन्छिन् ।
ट्वीङ्कल खन्नाले आफ्नो पहिलो प्रेमबारे जानकारी दिएकी छिन् । पूरा किस्साबारे कुरा गर्दै ट्वीङकल खन्नाले भनिन्, ‘उनी बेन्चमा मेरो छेउमा लुके, हामी दुबैको खुट्टा एक आपसमा ठोक्कियो । ऊ निकै सुन्दर र प्यारो थियो । उनको अनुहार निकै राम्रो थियो, उनी असाध्यै नै राम्रा थिए । हामी एक–अर्कामा यति हरायौं कि कक्षामा नै लक भएका थियौं ।’
ट्वीङ्कल थप्छिन्, ‘पछि मैले कक्षाकोठाको झ्यालबाट हाम हाल्ने सोच बनाएँ । हुन त यो घटना भएको धेरै वर्ष बितिसकेको छ । कुरा यति पुरानो भइसक्यो कि यदि हामी आमनेसामने भयौं भने पनि एकअर्कालाई चिन्दैनौं होला ।’
ट्वीङ्कल थप्छिन्, ‘अहिले हामीले एकअर्कालाई अगाडि हुँदा नै नचिनेपनि सायद उनले पनि मेरा बारे यस्तै सोच्छन् होला । म सधैं यो भन्दै आएकी छु कि यदि तपाईं लगातार पछाडि फर्केर विगत केलाउनुहुन्छ भने तपाईंलाई केही तिता मिठा पलको याद पक्कै पनि आउनेछ ।’
स्मरण रहोस्, ट्वीङ्कल खन्ना र अक्षय कुमारको विवाह भएको २० वर्ष पूरा भइसकेको छ । १७ जनवरी २००१ मा विवाह बन्धनमा बाँधिएका अक्षय र ट्वीङ्कल खन्ना बलिउडका सबैभन्दा चर्चित जोडीमध्ये एक हुन् । अक्षय र ट्वीङ्कल दुई सन्तान आरभ र निताराका बुवा–आमा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण