आँखा स्वस्थ राख्न खार्नैपर्ने ६ खानेकुरा
शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो आँखा । आँखामा सामान्य समस्या आयो भने पनि निकै हामीलाई बाहिरी दुनियाँ हेर्न समस्या पार्न सक्छ । त्यसैले आँखालाई सधै स्वस्थ राख्न जरुरी छ । यसका लागि भान्सामा पाइने केही खानेकुराको नियमित सेवन गर्न आवश्यक छ ।
गाजर
गाजर आँखाको लागि फाइदाजनक खानेकुरामा पर्छ । यसमा हुने भिटाक्यारोटिनले शरीरमा भिटामिन ए को आवश्यकता पूरा हुन्छ । भिटामिन एले हाम्रो आँखालाई सधैँ स्वस्थ राख्न मद्दत गर्छ ।
अमिलो फलफूल
भिटामिन सी युक्त फलफूलमा थुप्रै प्रकारका एलिमेन्टस पाइने भएकाले यसले आँखाको पर्दा स्वस्थ राख्छ । हरेक दिन तीन वटा अमिलो फलफूलको सेवन गर्ने गर्नुपर्छ ।
अण्डा
अण्डामा पाइने जिंक आँखाको लागि फाइदाजनक हुन्छ ।
हरियो सागसब्जी
हरियो सागसब्जीले आँखामा लाग्ने मोतिबिन्दु रोगबाट बचाउँछ । पालकको साग निकै फाइदाजनक हुन्छ ।
मेवा
ड्राई फ्रूट्स र मेवाको सेवनले पनि आँखा स्वस्थ रहन्छ । यसमा हुने ओमेगा फ्याटी एसिड ३ ले आँखा र शरीर दुवैलाई रोग लाग्नबाट बचाउँछ ।
एन्टी लेयर स्क्रीन
घण्टौँसम्म कम्युटर, ल्यापटप वा मोबाइलमा बस्ने व्यक्तिले एन्टी लेयर स्क्रीनमा काम गर्नुपर्छ । यसले आँखालाई सुख्खापन र थकावटबाट बचाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण