प्रदेश प्रमुख झालाई १०१ किलोको मालाले स्वागत
आइतबार, ०९ फागुन २०७७, १७ : १९
धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रमुख राजेश झा अहिराजलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । आइतबार अपरान्ह काठमाडौबाट जनकपुर आइपुगेका प्रमुख झालाई एयरपोर्टमा १०१ किलोको माला लगाएर स्वागत गरिएको हो ।
प्रमुख झा एयरपोर्टबाट सिधै राम जानकारी मन्दिरमा दर्शनका लागि गएका छन् । त्यसलगत्तै उनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।