शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिन्स फिलिप संक्रमणका कारण अझै केही दिन अस्पताल बस्ने

बुधबार, १२ फागुन २०७७, ११ : ०१
बुधबार, १२ फागुन २०७७

बेलायतका ड्युक अफ एडिनबरा प्रिन्स फिलिप संक्रमणका कारण अझै केही दिन अस्पताल बस्नुपर्ने बेलायतको राज दरबार बकिङ्घम प्यालेसले जानकारी दिएको छ ।

प्रिन्स फिलिपले असहज महसुस गरेपछि १७ फेब्रुअरीमा लण्डनको किङ एडवर्ड अस्पतालमा भर्ना गरिएको थियो ।

९९ वर्षका प्रिन्स फिलिप, महारानी एलिजाबेथका श्रीमान् हुन् । बकिङ्घम प्यालेसले प्रिन्सको अवस्था हाल सुधारोन्मुख रहेको  र उनीमाथि उपचारले काम गरिरहेको जानकारी दिएको छ ।

प्रिन्स फिलिप र महारानी एलिजाबेथ दुबैले जनवरीमा कोभिड–१९ को खोप लगाएका थिए । यद्यपि, प्रिन्स फिलिपलाई कोरोनाभाइरस सम्बन्धि समस्याका कारण अस्पताल भर्ना भने गरिएको होइन ।

प्रिन्स फिलिप र महारानी एलिजाबेथले अघिल्लो वर्ष नोभेम्बरमा आफ्नो विवाहको ७३ औं वर्षगाँठ मनाएका थिए । प्रिन्स फिलिप यसवर्ष जूनमा सय वर्ष हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप