जय नेपाल फिल्म हल बन्द
काठमाडौँ । राजधानीको मुटु मानिने दरबारमार्ग नजिक रहेको युवापुस्ता माझ लोकप्रिय जय नेपाल फिल्म हल अहिले बन्द भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको यो हल बन्द भएको हो ।
क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले आफुले हल अब सञ्चालन नगर्ने भएकाले अहिलेलाई बन्द भएको बताए । ‘विगत २, ३ वर्षदेखि जय नेपाल हामीले घाटामा चलाउँदै आएका थियौ’ उद्दिनले भने, ‘कोभिड महामारी पछि हललाई अगाडि बढाउन झन् गाहे भएकोले हामीले नचलाउने गरेर छोडेका हौ ।’
एक राणा थरका व्यक्तिसँग भाडामा लिएर आफुले फिल्महरु चलाउँदै आएको जानकारी दिएका उघिनले थपे, ‘हामीले भाडामा चलाउँदै आएको हल अब नचलाउने भनेर फिर्ता दिएका छौ । अब चल्छ, चल्दैन भन्न सकिन्न् ।’ उद्दिनले आफुले भने उक्त हल अब नचलाउने स्पष्ट पारे ।
जय नेपाल फिल्म हलमात्र होइन कुमारी हल पनि अहिले बन्द रहेको छ । कुमारी हल भने अहिले मर्मतका लागि बन्द गरिएको हो । क्वेस्ट इन्टरटेनमेन्टले फिल्म चल्ने माहोल हेरेर कुमारी छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कोरोना महामारीका कारण मुलुकका अन्य धेरै हल समेत अहिले बन्द हुने अवस्थामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वटा विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो
-
इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति चाहिन्छ : राप्रपा
-
लागुऔषधको आपूर्ति सञ्जाल तोड्न सांसदहरूको माग
-
नागढुंगाबाट १४ थान आइफोन बरामद
-
लागुऔषधको उत्पादनदेखि व्यवसायसम्म ‘सेटिङ’ हुने गरेको सांसद दुलालको दाबी
-
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण