शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ परिसरमा जे देखियो (फोटोफिचर)

बुधबार, २६ फागुन २०७७, २२ : ३८
बुधबार, २६ फागुन २०७७

काठमाडौं । पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ ।  हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्येको एक महाशिवरात्रि यस वर्ष भोलि बिहिबार परेको छ । यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छ । केहि बेलुकासम्म आउने छन् ।

हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा महाशिवरात्रिका दिन  विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ ।

महाशिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरि महाशिवरात्रिको तयारी पुरा भएको बताएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप