१३ वर्षको उमेरमा मुम्बई गएकी रेखाको कस्तो थियो बलिउड यात्रा ?
बलिउडकी सदाबहार अभिनेत्री रेखाले निकै कम उमेरमा बलिउड यात्रामा पाइला टेकेकी थिइन् । उनले सुरुवाती दिनहरुमा साउथ सिनेमामा काम गरेकी थिइन् । त्यसपछि उनले बलिउड सिनेमामा कदम राखेकी थिइन् ।
उनले बलिउडमा पाइला टेकेको केही वर्षहरुमा निकै संघर्ष गर्नुपरेको थियो । उनको बलिउडमा कोहीसँग चिनजान थिएन । उनको बलिउडका सुरुवाती दिनहरु निकै पीडादायी पनि थियो ।
उनी १३ वर्षकी मात्रै थिइन् । उनी एक्लै थिइन् । उनको साथमा उनको आमा पनि थिइनन् । उनले एक अन्तरवार्तामा आफ्नी आमाबिना एक्लै १३ वर्षको उमेरमा मुम्बई आउँदा सुरुवाती दिनहरुमा निकै डर लाग्ने बताएकी थिइन् ।
सबैभन्दा गाह्रो कुरा उनलाई हिन्दी भाषाको ज्ञान थिएन । उनी न हिन्दी बोल्न सक्थिन् न त बुझ्न नै सक्थिन् । उनकी आमा बिरामी थिइन् । एक्लै संघर्ष गर्दाका दिनहरु उनी समय समयमा अन्तरवार्तामा बताउने गर्छिन् ।
बलिउड उद्योग जति सुन्दर छ उति नै मुश्किल छ । उनले एक अन्तरवार्तामा बताएकी थिइन्, 'मुम्बई आएपछि लामो समय भोकै बसेकी थिएँ । उक्त समयमा धेरै महिना जुस मात्र पिएर गुजारा चलाएकी थिएँ । फिल्ममा काम पनि पाउथेँ । तर कहिलेकाँही फिल्मको छायाकंन रातभरी पनि चल्ने गथ्र्यो । निकै थकित महसुस हुन्थ्यो । तर कडा परिश्रमका कारण मैले आज यहाँसम्म पुग्ने हिम्मत गरेँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण