शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एक दशक पुरा गर्दै डिशहोमको प्लस मूभी च्यानल

शुक्रबार, ०६ चैत २०७७, १९ : १३
शुक्रबार, ०६ चैत २०७७

काठमाडौं । टेलिभिजनमा नेपाली चलचित्रमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सुरु गरेको ‘प्लस मूभि’ च्यानलले एक दशक पुरा गरेको छ । डिसहोमममा ‘मूभी अन डिमाण्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखि ‘प्लस मूभी ’च्यानलको नामबाट सञ्चालन भइरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरू प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरु माझ अत्यन्त लोकप्रिय छ ।

नयाँ, पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको ‘प्लस मूभि’ च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ । यस च्यानलमार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।
‘प्लस मूभी’ सँगै डिसहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभी, गुञ्जन, सिनेहिट्स, कमेडीप्लस्, डी मूभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लसजस्ताआफ्नै च्यानलहरु पनि प्रसारण गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप