शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काइली जो दिनमै साढे चार लाख डलर कमाउँछिन्, मेकअप आटिस्टका लागि मागिन् दान

मङ्गलबार, १० चैत २०७७, १९ : १३
मङ्गलबार, १० चैत २०७७

लस एन्जलस । अमेरिकी मोडल तथा कस्मेटिक बिजनेस ओमन काइली जेनर ग्ल्यामरस लुकका कारण सधैं चर्चामा  रहने सेलिब्रेटी हुन् । सामाजिक सञ्जालमा पनि उनको लोभलाग्दो फ्यान फलोइङ छ । काइली अहिले फेरि चर्चामा आएकी छन् । चर्चाको कारण अहिले उनकै मेकअप आटिस्टको सर्जरी भएको छ । जसको लागि उनले ट्वीटमार्फत फ्यानसँग चन्दा अपिल गरेकी छन् । सोही कारणले काइली अहिले ट्रोलको शिकार समेत  भइरहेकी छन् ।

मिडिया रिपोर्टका अनुसार अर्बपति काइली जेनरले ट्वीटमा सर्जरीका लागि ६० हजार डलरको आवश्यकता भएको, ५ हजार डलर आफुले दिएको र बाँकी रकम सहयोगको अपिल गरेकी छन् । काइलीको यो ट्वीट पनि कयौंले उनको कुरा काट्न थालेका छन् । एकजना यूजरले उनलाई लेखका छन्, ‘एउटी अर्बपति, जो एक दिनमा साढे चार लाख डलर कमाउँछिन्, उनी आफ्नो साथीको लागि ६० हजार डलर दिन तयार छैनन् । धिक्कार छ काइली ।’

अर्काे युजरले लेखका छन्– ‘काइलीको लागि सम्मान सकियो । किनभने जो सजिलै ६० हजार डलर दिन सक्छिन् ।  त्यही फ्यानसँग दान मागिरहेकी छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप