मंंगलग्रहमा भूकम्पको झट्का
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को इनसाइट ल्याण्डरले गत महिना मंगल ग्रहको सतहमा दुई ठूला भूकम्प रेकर्ड गरेको छ । मिशन कन्ट्रोलका अनुसार भूकम्पको तीब्रता ३.३ तथा ३.१ रेक्टर स्केल मापन गरिएको थियो । यो भूकम्प मंगल ग्रहको सर्बरस फोस्सै (Cerberus Fossae) नामक क्षेत्रमा आएको थियो । यो त्यही स्थान हो जहाँ मिशनको प्रारम्भमा नै दुई ठूला भूकम्प महसुस गरिएको थिए ।
उक्त समयमा भूकम्पको तीब्रता ३.६ तथा ३.५ रेकर्ड गरिएको थियो । ल्याण्डर सन् २०१८ को नोभेम्बरमा मंगलको सतहमा ओर्लिए पछि हालसम्म पाँचसय भन्दा बढी भूकम्पको धक्का रेकर्ड गरेको छ ।
इनसाइट ल्याण्डरको काम मंगल ग्रहको सतह तथा गर्भमा आउने भूकम्पको बारेमा जानकारी दिनु हो । सतहमा उत्रिसकेपछि यसले मंग्रल ग्रहमा गएका भूकम्पको बारेमा जानकारी एकत्रित गरेर नासालाई पठाउने काम गरेको छ ।
नासाको जेट प्रोपल्सन ल्याबले भूकम्पको यस नया जानकारीबाट मंगल ग्रहको सर्बरस फोस्सै (Cerberus Fossae) क्षेत्र भूकम्पीय दृष्टिकोणले सक्रिय रहेको जनाएको छ ।
हालसम्म ल्याबले रेकर्ड गरेको पाँचसय भन्दा बढी भूकम्पको धक्का स्पष्ट रेकर्ड भए पनि स्पष्ट सिग्नलका कारण पनि यी चार भूकम्प जाँचका लागि उपयुक्त देखिएका छन् । मंगलसँग जोडिएको धेरैभन्दा धेरै जानकारीका लागि इनसाइट टीमले यी भूकम्पको अध्ययन गरिरहेको छ ।
नासाका अनुसार मंगल ग्रहमा पृथ्वीमा जस्तो टेक्टोनिक प्लेट हुँदैन तर मंगल ग्रह को यो ठाउँ ज्वालामूखीले सक्रिय क्षेत्र हो जसका कारण यहाँको सतहमा कम्पन आउने गर्छन । फ्रान्सको एक संस्था (de Physique du Globe de Paris) मा काम गर्ने ताइची क्वामपुरा जसले इनसाइटको सिस्मोमिटरका लागि मद्दत गरेका थिए, उनका अनुसार यस मिशनले मंगलमा आएका दुई भिन्न प्रकारको भूकम्पको जानकारी एकत्रित गरेको छ ।
ताइचीका अनुसार एउटा भूकम्प चन्द्रमामा आउने जस्तो थियो भने अर्को पृथ्वीमा जस्तो ।
नासाको जेपीएल ल्याबले ताइचीलाई उद्धृत गर्दै भनेको छ, ‘सर्बरस फोस्सै (Cerberus Fossae) क्षेत्रमा आएका चारवटै भूकम्प पृथ्वीको जस्तै रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण