पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा २ जनाको उम्मेदवारी
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि नेकपा एमाले निकट प्रेस चौतारीको तर्फबाट बालकृष्ण अधिकारी र नेपाली काँग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी निकट प्रेस संगठनको गठबन्धनका तर्फबाट मणिराज गौतमले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदको प्रत्यासी गौतम र अधिकारीले आज उम्मेदवारी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी, महासंघको उपाध्यक्ष पदको लागि प्रेस संगठनका ध्रुबप्रसाद अधिकारी र चौतारीका राजन दाहालले उम्मेदवारी गराएका छन् ।
महिला उपाध्यक्षतर्फ चौतारीकी सम्झाना रिजाल र संगठनकी सरला अधिकारीले उम्मेदवारी दिएका छन् भने सचिव पदमा चौतारीका रामशरण दुलाल र संगठनकी शुभलक्ष्मी विश्वकर्मा र बागी उम्मेदवार इन्द्रबहादुर (रमेश) बन्जारादे उम्मेदवारी दर्ता गराएका छन् ।
सह सचिव समावेशीतर्फ मन्दिरा बानियाँ (मानबी) र रुपकराज कालिराज, खुल्लातर्फ कपिल खड्का, देवराज पन्त, यम प्रसाद पौडेल (एपी शर्मा) र राज सापकोटाले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्ष पदका लागि केशव समर्पण सुबेदी र तिलक अधिकारीले उम्मेदवारी दिएका छन् ।
सदस्य महिलातर्फ प्रतिक्षा न्यौपाने र रुपा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्य दलिततर्फ शान्ति सुनारको मात्र उम्मेदवारी परेको छ । त्यस्तै सदस्य आदिबासी जनजातिमा अजिता नगरकोटी, नवराज वाईबा र सदस्य (मधेशी) आदित्य कर्ण र मनिल महतो, अन्य समावेशीतर्फको सदस्यका लागि भने कसैले पनि उम्मेदवारी परेको छैन ।
खुल्लातर्फको सदस्यका लागि भने १७ जनाले उम्मेदवारी दिएका छन् । ६ पदका लागि १७ जन चुनावी मैदानमा होमिएका छन् ।उक्त पदका लागि अर्जुन संञ्जेल, अशेष ढुंगाना, उज्ज्वल अधिकारी, जिबराज बख्रेल, दिलबहादुर लामा, नानीमाया सापकोटा (गौतम), प्रदिप अधिकारी, प्रमोद अर्याल, प्रेमकला पौड्ेल (प्रिया), बलराम पुडासैनी, रेवती प्रसाद तिमल्सिना (नविन), विजय पौडेल, श्यामलाल (गणेश) दुलाल, सुमन दाहाल, सुशन लामिछाने, श्रृजना नेपाल र होमनाथ यादव चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् ।
उता प्रदेश परिषद् सदस्य (खुल्ला) कैशल पाण्डे, गणेशदर्पण अधिकारी, छबिलाल श्रेष्ठ, विश्वराम अधिकारी (विवश), रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनिल शिवाकोटी, प्रदेश परिषद् महिलामा अन्जली थापा, आरती ढकाल, भावना रिजाल, आदीबासी जनजातितर्फ अमर लामा, अशोक सुजन श्रेष्ठ, रञ्जिता डंगोल, रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
प्रदेश परिषद् सदस्य दलिततर्फ कृष्णराम परियारको मात्रै उम्मेदवारी परेको छ भने मधेशीतर्फको परिषद सदस्यका लागि भने कसैको पनि उम्मेदवारी परेको छैन । त्यस्तै केन्द्रीय परिषद् सदस्य (खुल्ला) मा भानुभक्त आचार्य, राजन (खुसराज) दाहाल, रामकुमार एलन, रिपेश दाहाल, (महिला)मा नानीमैया विष्ट र सरिता दाहाल, (आदीबासी जनजाति) मा सुर्वणलाल श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ ।
आगामी चैत २५ गते हुने निर्वाचनमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा आवद्ध १६४ जना पत्रकारहरुले मतदान प्रकृयामा सहभागि हुने छन् । निर्वाचन समितीले आज नै मतदाताहरूको नामावलीसमेत प्रकाशन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण