फिफा विश्वकप २०२६
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
सोमबार, ०१ असार २०८३, ०६ : ५१
सारांश
- ‘सुपर सब’ अमद डियालोले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि आइभोरी कोस्ट फिफा विश्वकप २०२६ को छनोटमा विजयी भएको छ ।
- नेपाली समयअनुसार सोमबार बिहान फिलाडेल्फियामा भएको समूह ई को खेलमा आइभोरी कोस्टले १-० को जित हात पारेको हो ।
- म्यानचेस्टर युनाइटेडका फरवार्ड डियालोले खेलको ९० औँ मिनेटमा विल्फ्रेड सिंगोको पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
फिलाडेल्फिया । ‘सुपर सब’ अमद डियालोले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।
नेपाली समयअनुसार सोमबार बिहान फिलाडेल्फियामा भएको समूह ई अन्तरगत खेलमा आइभोरी कोस्टले १–० को जित हात पारेको हो ।
म्यानचेस्टर युनाइटेडका फरवार्ड डियालोले खेलको ९० औँ मिनेटमा विल्फ्रेड सिंगोको पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यसअघि, दुवै टोलीले प्रतिस्पर्धात्मक खेलमा गोलका लागि थुप्रै प्रयास गरे पनि गोल भने गर्न सकेका थिएनन् ।
यस समूहको अन्य खेलमा उपाधि दाबेदार जर्मनीले डेब्यु गरिरहेको कुरासाओलाई ७–१ गोल अन्तरले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण