राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा
काठमाडौं । नेपाल पावर लिफ्टिङ संघको आयोजनामा हुने रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा भएको आयोजक कमिटीका सचिव सुरेश सुवेदीले जनाएको छन् । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार हुँदैछ । प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी जम्मा १ सय १ खेलाडीको सहभागिता रहनेछ । शुक्रबार खेलाडीको वजन लिनुका साथै खेलाडीलाई नियमका बारेमा पनि जानकारी गराइएको जजेज कमिटीका संयोजक बुद्धि कार्कीले जानकारी गराए ।
पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष र महिलातर्फ प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराइ ओभरअल च्याम्पियन पनि घोषणा गरिनेछ । त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्ने छन् । अमेरिकामा बस्दै आएका पावर लिफ्टिङका मास्टर्सतर्फका दुई पटकका विश्व च्याम्पियन स्व.कार्कीको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । नेपालमै रहेका बेला केहि महिनाअघि उनको हृदयघातका कारण निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण