बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले जेष्ठ नागरिकलाई ५ हजारको लोभ देखाएको आरोप

सोमबार, ३० चैत २०७७, १४ : ०२
सोमबार, ३० चैत २०७७

काठमाडौं । सांसद उमा रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई ढाँटेको आरोप लगाएकी छन् ।  उनले घरी रेल ल्याइदिने त कहिले रोजगारी दिने भन्दै प्रधानमन्त्रीले नेपाली जनतालाई ढाँट्ने गरेको भन्दै जेष्ठ नागरिकलाई पनि त्यसै गरिरहेको आरोप लगाइन् । 

ओलीले  जेष्ठ नागरिकलाई भत्ता बढाउने भन्दै आएपनि ५ हजार पुर्याएको भन्दै अहिलेको बजेटबाट पनि नदिएर ढाँट्न सक्ने भन्दै उनीहरुलाई दिएको आश्वासन पुरा गर्न सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा आग्रह गरिन् । 
यस्तै सांसद अनिलकुमार झाले अपांग, जेष्ठ नागरिक, दलित लगायतले पाउने सामाजिक सुरक्षा भत्ताको नवीकरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप