शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाहीको सिफारिस

शुक्रबार, ०३ वैशाख २०७८, १९ : २७
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं ।  कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई  नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।

दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउन सिफारिस भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले रातोपाटीलाई जानकारी दिए । सांसद परियारले भने, ‘एमालेको दलको बैठकले एमालेको नाममा संसदमा विपक्षमा मत दिने सांसदहरुलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ।’  शुक्रबार एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए । 

चारैजना एमाले माधव नेपाल पक्षधर सांसद हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप