हिनाले सार्वजनिक गरिन् हट तस्बिर, फ्यानले दिए यस्तो धम्की
मुम्बई । अभिनेत्री हिना खान अक्सर आफ्नो लुक्सको कारणले चर्चामा रहन्छिन् । उनी हरेक दिन सामाजिक सञ्जालमार्फत आफ्नो बोल्ड तथा ग्ल्यामरस तस्बिर समेत शेयर गर्ने गर्छिन् । जसलाई फ्यानले प्रशंसा बर्साउने गरेका छन् ।
हालै उनले केही हट एण्ड ग्ल्यामरस तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई फ्यानले मजाक गर्दै केस गर्ने धम्की दिएका छन् । जसको जवाफ अभिनेत्रीले पनि सोहीअनुसार दिएकी छन् ।
अभिनेत्रीसँग सवाल जवाफको सिलसिलामा एक फ्यानले लेखेका छन् ‘म तपाईलाई केस गर्छु । अहिलेको यस्तो गर्मीमा आफ्नो तस्बिरबाट मार्न चाहनुहुन्छ ।’ जवाफमा हिनाले लेखेकी छन् ‘गर्नुस् ।’ हिनाको यो पोष्ट निकै भाइरल भैरहेको छ । फ्यानले कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया समेत दिइरहेका छन् ।
कामको कुरो गर्ने हो भने हालै हिना एक म्युजिक भिडियोमा देखिएकी छन् । जसमा रहेको उनको लुक्स रुचाइएको छ । भिडियोमा स्टेबिन बेनको पनि महत्वपूर्ण भूमिका थियो । गीत समेत दर्शकले रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण