मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
सारांश
- पोखराको सृजनाचोकमा मोटरसाइकल दुर्घटनामा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्व केन्द्रीय सदस्य राजीव बास्तोलाको निधन भएको छ।
- कास्की जिल्ला सहकारी सङ्घको तालिम कार्यक्रममा सहभागी भई फर्किँदै गर्दा बास्तोला सवार मोटरसाइकललाई रेडी मिक्स्चर गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
- टाउकोमा गम्भीर चोट लागेका कारण तत्कालै मृत्यु घोषणा गरिएका बास्तोलाको शव पोस्टमार्टमका लागि मणिपाल अस्पतालमा राखिएको छ।
पोखरा। पोखराको सृजनाचोकमा भएको सवारी दुर्घटनामा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नेता राजीव बास्तोलाको मृत्यु भएको छ।
कास्की जिल्ला सहकारी सङ्घको तालिम कार्यक्रममा सहभागी भएर फर्किने क्रममा बास्तोला सवार मोटरसाइकललाई बा. प्र. ०३–००१–क १६५० नम्बरको रेडी मिक्स्चर गाडीले पछाडिबाट ठक्कर दिएको थियो।
सृजनाचोक र सभागृहचोकको बिच खण्डमा गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उनलाई उपचारका लागि नजिकैको मेट्रोसिटी अस्पताल पुर्याइएको भए पनि चिकित्सकहरूले तत्कालै मृत घोषणा गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका कारण उनको निधन भएको प्रहरीले जनाएको छ। मृत्यु भएका बास्तोला नेविसङ्घका पूर्व केन्द्रीय सदस्य हुन्।
बास्तोलाको शव पोस्टमार्टमका लागि अहिले पोखराको मणिपाल अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न रेडी मिक्स्चर गाडी र बास्तोला सवार मोटरसाइकल दुवै सवारी साधनलाई वडा प्रहरी कार्यालयले आफ्नो नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण