ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
सारांश
- ललितपुरको चापागाउँबाट हराएको २२० सीसी पल्सर मोटरसाइकल काठमाडौँको अत्तरखेलबाट फेला परेको छ।
- मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- प्रहरीले मोटरसाइकल बरामद गरी थप अनुसन्धानका लागि चापागाउँ पठाएको छ।
काठमाडौँ। ललितपुरको चापागाउँबाट हराएको एक थान मोटरसाइकलसहित चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले काठमाडौँको अत्तरखेलबाट नियन्त्रणमा लिएको छ।
गत २०८२ साल मङ्सिर २३ गते ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँस्थित सडक खण्डबाट बा.प्र.०२-०२१ प ७६९४ नम्बरको रातो र कालो रङको २२० सीसीको पल्सर मोटरसाइकल हराएको थियो। आफ्नो सवारी साधन हराएपछि धनीले खोजतलासका लागि हुलियासहित दिएको निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयले व्यापक खोजी सुरु गरेको थियो।
खोजतलासकै क्रममा आइतबार दिउँसो काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलस्थित सडक खण्डमा उक्त मोटरसाइकल फेला परेको हो। फेला पार्दाको समयमा चोरीमा संलग्न व्यक्तिले मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा.प्र.०२-०१९ प ८५८७ नम्बर राखेर चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको थियो।
प्रहरीले मोटरसाइकल बरामद गरी बरामदी मुचुल्कासहित चोरीमा संलग्न व्यक्तिलाई थप अनुसन्धान एवम् आवश्यक कानुनी कारवाहीका लागि प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण