हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न पर्यटन विभागको निर्देशन
काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणमा जाने पर्वातारोहीहरुलाई हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण र जोखिमलाई ध्यानमा राख्दै विभागले पर्वतारोहणमा जाने आरोहीहरूलाई अनुमति प्राप्त हिमालको लस्कर मार्गमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो लस्कर मार्गमा यात्रामा रहँदा समेत आफ्नो समूहमा मात्र हिड्न आग्रह गरेको हो ।
बुधबार सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दैै विभागले एक पटकमा अधिकतम १९ जनाले मात्र आरोहण गर्न र असहज अवस्थामा सम्बन्धित एजेन्सीहरूले आपसी सहमति र समन्वयमा १५० देखि १७० जनासम्मको आरोहण अनुमति परिवर्तन गर्न सक्ने समेत जनाएको छ ।
तर, यस्तो योजना परिवर्तन गर्दा स्थानीय आरोहण व्यवस्थापन गर्ने ह्याण्डलिङ एजेन्सीले व्यवस्थापन गर्ने आरोही दलको सुरक्षित आरोहणको प्रवन्ध गर्नुपर्ने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण