शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एशियन एनक्याप ५ स्टार रेटिङ पाउन सफल ‘प्रोटोन एक्स७०’ नेपाली बजारमा

आइतबार, १२ वैशाख २०७८, १४ : ३०
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । जगदम्बा मोटर्सले चर्चित मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक गर्ने भएको छ । जगदम्बा मोटर्सले वैशाख १५ गते भर्चुअल माध्यमबाट ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । 

सुरक्षाका सम्पूर्ण मापदण्ड र प्रकृयालाई विशेष ध्यान दिएर तयार गरिएको ‘प्रोटोन एक्स७०’ को रिफाइन मोडल सुरक्षाको दृष्टिकोणले एशियन एनक्याप ५ स्टार रेटिङ पाउन सफल एसयूभी भएको कम्पनीले जनाएको छ । 

यस गाडीलाई सुरक्षित बनाउन सुरक्षाका केही कसर बाँकी नराखी अत्याधुनिक फिचर्सहरु समावेश गरिएको कम्पनीको दावी छ । यसमा रहेको एड्भान्स ड्राइभर एसिस्ट सिस्टम अन्तर्गत रहेको थ्री डि होलो ग्राफिक डिटेक्सन सिस्टममा २वटा सेन्सर, ५ क्यामेरा र ९ वटा राडर समाहित रहेका छन् । जुन इन्टेरियर लाइटिङ र गाडीको आवाजसँग कनेक्टेड हुन्छन् र आउने अफ्ठ्यारो परिस्थितिको चेतावनी दिइ रहन्छन् ।

यसैगरी, यसमा रहेको प्रि कोलिजन सेफ्टी सिस्टम र अटोनोमस इमर्जेन्सी ब्रेकिङ्ग सिस्टमले बाटोका ट्राफिक स्थितिलाई डिटेक्ट गर्दछ र यदि कुनै वस्तुसँग ठोक्किन लागेको छाल पाएमा ड्राइभरलाई चेतावनी समेत प्रदान गर्दछ ।

यसमा रहेको एडेप्टिभ क्रुज कन्ट्रोल सिस्टमले चालकलाई गाडी कुदाएको बेला थकानको अनुभूति हुन दिँदैन र अगाडी रहेको गाडीसँग एउटा उचित दुरी कायम राख्न सहयोग पुर्याउँदछ । त्यस्तै लेन डिपार्चर वार्निङ्ग सिस्टमले बिभिन्न क्यामेरा र सेन्सरको माध्यमबाट गाडिले लेन चेन्ज गर्न लागेको पत्ता लगाएर चालकलाई त्यसो हुन नदिन चेतावनी पठाउँछ ।

यसैगरी, यसमा जडित इन्टेलिजेन्स हाई बिम कन्ट्रोल सिस्टमले अँध्यारोमा आफ्नै दिशार विपरित दिशाबाट गुडिरहेका गाडीहरुको लाइट डिटेक्ट गर्दछ र त्यही अनुसार आफैँ गाडीको लाइट हाई र लो बिममा परिवर्तन गर्दछ । त्यस्तै ब्लाइन्ड स्पट इन्फर्मेसन सिस्टमले अल्ट्रासोनिक रेडार र क्यामेराको प्रयोग गरेर चालकलाई पिलर मुनि पहेँलो बत्ति नजिकै आउन लागेका गाडीहरूको जानकारी प्रदान गर्दछ ।

यसमा रहेको ३६० डिग्री थ्रीडी क्यामेरा सिस्टमले ४ ओटा पार्किङ राडर र ४ ओटा अल्ट्रासोनिक राडारको सहयोगमा स्वाही समयमा वरपरका वाधाहरु पत्ता लगाउँदछ । जसलाई ड्राइभर अगाडिको स्क्रिनमा प्रत्यक्ष देख्न सकिन्छ । त्यसैगरी, टायर प्रेसर मोनिटरिङ सिस्टमले टायरमा परेको चाप र टायरको तापक्रम मापन गर्दछ । यसले टायरको स्थिति ठिक छ कि छैन भनेर चालकलाई सूचित गराउँदछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप